फाइल तस्विर
सेरोफेरो
२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा शुक्रबार सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।
यस वर्षको एसइई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । एसईई परिक्षामा ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित गरिने हुँदा यसमा कोही पनि विद्यार्थी फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।
सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना सफल भएका छन् । त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी सफल भएका छन् ।
यसैगरी जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ५ सय ४६ जना सफल भएका छन् र भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना सफल भएको परीक्षा बोर्डले जनाएको छ ।
ग्रेड सी र त्यो भन्दा कम अंक ल्याउने विद्यार्थीले यसैवर्ष सबै विषयको परीक्षा दिन पाउने छन् । साथै नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले नतिजा सार्वजनिक भएको मितिले १५ दिनभित्र पुर्नयोगका लागि निवेदन दिन सक्ने परिक्षा बोर्डले जनाएको छ । एसइई परिक्षा गत चैत्र लिइएको थियो ।
कसरी हेर्ने नतिजा
परीक्षाको नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा डायल गरी थाहा पाउन सकिने छ । यसैगरी एनसेलबाट पनि १६०० डायल गरी नतिजा हेर्न सकीने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यसै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । शिक्षा मन्त्रालयको वेवसाईड www.moe.gov.np, शिक्षा विभागको वेवसाईड www.doe.gov.np, परीक्षा नियन्त्रण कर्यालयको वेवसाईड www.soce.gov.np वाट रिजल्ट हेर्न सकिने छ । यसअघि कक्षा १० अन्तिम परीक्षालाई एसएलसी भनिँदै आएकोमा गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनपछि कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो ।
प्रतिकृया दिनुहोस्