१७ असार । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबारदेखि होटल, रेष्टुरेन्ट, नास्ता पसल, सैलुन तथा व्युटी पार्लर पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै प्रशासन कार्यालयले बुधबार उक्त आदेश जारी गरेको हो ।
यसका साथै तीन पाङ्ग्रे सवारी साधन अर्थात् अटो सञ्चालनमा पनि पूर्ण रोक लगाइएको छ । जोर–विजोर प्रणालीलाई भने यथावत राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी मातहतमा रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले फलफूल, तरकारी, दुध, ग्याँस, औषधीजस्ता अत्यावश्यक सेवाका पसल भने शनिबार अनिवार्य बन्द गर्न र अन्य दिनमा बिहान ७ देखि साँझ ५ बजेसम्म मात्र खोल्न निर्देशन दिएको छ ।
यस्तै व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न र खुला रहने पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची टाँस गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस्