Birendranagar Municipality

संघीय संसदको चालु अधिवेशन अन्त्य

सेरोफेरो
संघीय संसदको चालु अधिवेशन अन्त्य

१८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले बिहीबार अपराह्न ५ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए ।

वैशाख २६ गतेबाट शुरु भएको संसदको चालु अधिवेशनले नागरिकता र निजामती सेवा सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे निर्णय गर्नुपर्ने थियो ।

२०७७ असार १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्