Birendranagar Municipality

कोरोनाका कारण डेढ महिने शिशुको मृत्यु

सेरोफेरो
कोरोनाका कारण डेढ महिने शिशुको मृत्यु

१८ असार । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ४७ दिने शिशुको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको बुधबार राती निधन भएको हो ।

अस्पताल स्राेतका अनुसार सोमबार शिशुको घाँटीको शल्यक्रिया गरिएको थियाे । शल्यक्रिया गर्नुअघि सोमबार राती उनको पिसिआर परीक्षण गरिएको थियो । मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणका कारण नेपालमा उनीसहित ३१ जनाको मृत्यु भएको छ ।

२०७७ असार १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्