Birendranagar Municipality

नेपाल निम्न मध्यम आय भएका देशको सूचीमा उक्लियो

सेरोफेरो
नेपाल निम्न मध्यम आय भएका देशको सूचीमा उक्लियो

१९ असार । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ ।

 

विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो ।

 

विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ ।

 

सरकारले नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने लक्ष्य लिएको छ ।

२०७७ असार १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्