१९ असार । नेपालमा अहिले सम्मको धेरै संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी पछिल्लो २४ घण्टामा आठ सय २३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अब नेपालमा कोरोना सङ्क्रमण जितेर घर फिर्नेको सङ्ख्या ६ हजार एक सय ४३ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र वाग्मती प्रदेशमा ५०७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यसैगरी गण्डकी प्रदेशमा १ हजार १ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्