१९ असार । कर्णाली प्रदेशमा कोरोनालाई जित्नेको संख्या उल्लेख्य रहेको छ । जम्मा संक्रमित मध्ये १ हजार १ सय ७८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशका अनुसार १ हजार ४ सय ८३ कुल संक्रमित मध्ये मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
प्रदेशका विभिन्न आईसोलेसनमा २९९ जनाले उपचार गराईरहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
शुक्रबार मात्र कर्णालीका विभिन्न आईसोलेसनबाट ५१ जना निको भई घर फर्केका छन् ।
सवैभन्दा धेरै संक्रमित दैलेख र कम हुम्लामा :
कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये सवैभन्दा धेरै संक्रमित दैलेखमा पुष्टि भएको छ । दैलेखमा ७७५ जनामा कोरोना संक्रमण देखिएको छ भने सवैभन्दा कम हुम्लाका २ जना संक्रमण पुष्टि भएको हो ।
यसैगरी सुर्खेतमा ३५७ जना, सल्यानका १९२ जना, कालिकोटका ५० जना, जुम्लाका ३१ जना, जाजरकोटका १३ जना, पश्चिम रुकुमका १० जना र डोल्पा र मुगुका ३/३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
यसैगरी अन्य प्रदेशका ४७ जनामा समेत संक्रमण देखिएको मन्त्रालयको भनाई छ ।
प्रतिकृया दिनुहोस्