२० असार । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्ति संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ नाघेको छ ।
संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख ९३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ ।
संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । विश्वविद्यालयको तथ्यांक अनुसार ब्राजिलमा १५ लाख ३९ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ८ सय ८४ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ भने ३२ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्