२० असार । पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल १५ हजार ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार अनुसार प्रदेश १ मा ६ सय ८६ जना, प्रदेश २ मा ४ हजार ८३ जना, बाग्मती प्रदेशमा ५ सय २५ जना, गण्डकी प्रदेशमा ११ सय ३३ जना, प्रदेश ५ मा ३ हजार ९ सय ४२ जना, कर्णाली प्रदेशमा १ हजार ४ सय ८९ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ८२ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरिका विभिन्न क्वरेण्टीनमा ३३ हजार एक सय २५ जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार ४२ जनाको उपचार भइरहेको छ ।
शनिबार मात्र २७१ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । यसरी देशभारबाट ६ हजार चार सय १५ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएको छ।
थप दुई जनाको मृत्यु :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ ।
प्रतिकृया दिनुहोस्