२० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेश सभाको बैठक बहिष्कार गरेको छ । शनिबार बसेको बजेट छैटौं अधिवेशनको २३औं बैठकमा काँग्रेसका कुनैपनि सदस्यहरु उपस्थित भएनन् ।
कांग्रेसले बैठक बहिष्कार गरेपनि विषयगत मन्त्रालयहरुको बजेटमाथिको छलफल शुरु भएको छ । असार २० गते देखि २३ गते सम्म कर्णाली प्रदेश बिनियोजन विद्येयक २०७७ माथिको छलफल हुनेछ ।
बजेटमाथि असन्तुष्टि जनाउँदै कांग्रेसले गत असार १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक बस्न नदिने अडान राखेपछि फेरि असार १८ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक मा समेत सरकारले प्रतिपक्षको माग पुरा गर्न नसक्ने देखेपछि कार्यव्यवस्था समितीको बैठक बसी २० गते सम्मका लागि संसद बैठक सारिएको थियो ।
मन्त्रालयहरुको छुट्टाछुट्टै योजनासहितको किताब नआएका कारण बैठकमा भाग नलिइएको काँग्रेसले जनाएको छ । जम्मा ४० जना सदस्य रहेको कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट ६ जना सदस्यहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस्