२० असार । पछिल्लो समयको चर्चित गायिका भुमिका गिरी र टिका सानुको तिजको कोशेली 'बुट्टा भरेको' बजार आएको छ ।
तीजको संघारमा दुवैजना लोकप्रिय गायिकाहरुको निकै आशालाग्दो तीज गीत बजारका आएको हो । यतिबेला तीजका गितहरु बजारमा सार्बजनिक भईरहेका छन्, सोही क्रममा भुमिका र टिकाको गीतले चर्चा बटुलेको छ । यो समाचार तयार पर्दासम्म करिब ४ लाख ४० हजार दर्शकहरुले यो गीतलाई हेरेका छन् ।
शरद पाण्डेको शब्द, अर्जुन सापकोटाको लयमा चर्चित गायिका भूमिका गिरी र टिका सानुको सुमधुर आवाजमा 'बुट्टा भरेकोे' बजारमा सार्बजनिक भयको हो।
राजकुमार मगरको निर्देशन रहेको गीतमा अमर सुनारले कोरियोग्राफी गरेका छन् । सागर गौतमको छायांकन रहेको गीतमा सम्पादन राजकुमार मगरको रहेको छ । ।
यस गीतमा रुबिना अधिकारी, आरुषी मगर, टिका सानु र भूमिका गिरीको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्