Birendranagar Municipality

मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पठाउन थालियो

सेरोफेरो
मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पठाउन थालियो

तस्बिरः रमेश लम्साल, रासस

२१ असार । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि आइतबारदेखि प्रतिसेकेण्ड २६० लिटरका दरले पानी पठाउन थालिएको छ । आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजना प्रमुख तिरेश खत्रीले सुरुङमा पानी पठाएसंगै आयोजना नयाँ चरणमा प्रवेश गरेको बताए ।

 

खत्रीका अनुसार २६ किलोमिटरको सुरुङ भरिन २० दिन लाग्नेछ । १० दिन पानी यथास्थितिमा राखेपछि पुनः त्यही गतिमा पानी हटाइनेछ र सुरुङ खाली भएपछि चेकजाँच गर्न थप ७ दिन लाग्नेछ । कुनै समस्या देखिएमा ७ दिनभित्र काम सम्पन्न गरिने उनले बताए ।

 

त्यसपछि नियमित रुपमा पानी पथान्तरण गरी काठमाडौंका लागि उपलब्ध हुनेछ । आयोजनाले आगामी भदौ दोस्रो सातादेखि काठमाडौंमा नियमित रुपमा पानी उपलब्ध गराउने तयारी गरेको छ ।

 

पत्रकार सम्मेलनमा खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले परीक्षणसँगै मेलम्ची आयोजनाका विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताइन् । आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उनको भनाई छ ।

२०७७ असार २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्