Birendranagar Municipality

नेकपाका नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

सेरोफेरो
नेकपाका नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

२२ असार । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

 

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला आइतबार बेलुका नेपाल निवास कोटेश्वरमा उक्त भेटघाट भएको हो ।

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपाललगायतले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा दिनु पर्ने चर्को दबाव दिएका छन् ।

 

स्थायी कमिटिका ४५ मध्ये ३० सदस्य दाहाल नेपाल खेमामा उभिएका छन् । यद्धपी ओलीले दुबै पद नत्याग्ने अडान लिएका छन् ।

 

यसअघि पनि नेकपा विवाद समाधानमा चिनियाँ राजदूत होउको भूमिका देखिएको थियो ।

 

केन्द्रीय सचिवालयमा ओली संकटमा परेका बेला गत वैशाख १९ गते राजदूत होउले प्रचण्ड र नेपालसँग भेट गरेकी थिइन् । त्यसपछि भोलिपल्टको सचिवालय बैठकले ओलीको पक्षमा निर्णय गरेको थियो ।

२०७७ असार २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्