२२ असार । कर्णाली प्रदेश सभा सदस्य अम्मर थापाले किसानहरुलाई भैसी वितरण गर्नुभएको छ । सांसद क्षेत्र विकास कोष अन्तरगतको दलित, अति विपन्न तथा लक्षीत बर्ग विशेष एपककृत कृषि प्रवद्र्धन कार्यक्रम अन्र्तगत नारायण नगरपालिका वडा नं ३ पिउसे, दैलेख स्थित दलित र अति विपन्न ३८ जना किसानलाई भैसी वितरण गर्नुभएको हो ।
सांसद थापाले कुल १ सय २० विपन्न किसानलाई भैसी वितरण गर्ने योजना रहेको बताउनु भएको छ । जिल्ला पशु विकास कार्यालय दैलेख र राष्ट्र सेवक सहकारीको समन्वयमा भैसी वितरण गरीएको हो ।
किसानले उत्पादन गरेको दुधको बजारीकरण राष्ट्र सेवक सहकारीले गर्ने बताइएको छ । यसको अनुगमनको र अनुदानको दुरुपयोगको नियमन पशु विकास कार्यालय दैलेखले गर्ने छ ।
प्रतिकृया दिनुहोस्