Birendranagar Municipality

आज देशभर बदली हुने, केही स्थानमा ठूलो पानी पर्ने

सेरोफेरो
आज देशभर बदली हुने, केही स्थानमा ठूलो पानी पर्ने

२३ असार । मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।

 

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली भएको छ । यस्तै बाँकी भू–भागमा सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।

 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

यस्तै प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 

२०७७ असार २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्