Birendranagar Municipality

सरिता गिरीको सांसद पद गुम्दै, पार्टीबाट निष्कासित

सेरोफेरो
सरिता गिरीको सांसद पद गुम्दै, पार्टीबाट निष्कासित

२३ असार । सङ्घीय समाजवादी पार्टी नेपालकी नेत्री सरिता गिरीको सांसद पद गुम्ने भएको छ । पार्टीको निर्देशन विपरीत गिरीले संविधान संशोधन प्रस्तावमा संशोधन दर्ता गराएको र संसोधनको पक्षमा मतदान नगरेकोले उनलाई पार्टीबाट निष्कासित गरिएको हाे ।

 

नेपालको राष्ट्रियताको विपक्षमा अभिव्यक्ति दिएकाले मङ्गलबार बसेको पार्टीको बैठकले साधारण सदस्यसमेत नरहने गरी हटाइएको समाजवादी पार्टीकी नेत्री रेणुकुमारी यादवले जानकारी दिनुभयो ।

 

पार्टीबाट निष्कासनमा परेसँगै नेत्री सरिता गिरीको सांसद पदसमेत खोसिएको छ । पार्टीले गिरीलाई साधारण सदस्यबाट समेत हटाएको जानकारी संसद् सचिवालयलाई गराएपछि सचिवालयले उहाँलाई हटाएको सूचना निकाल्ने पनि नेत्री यादवले जानकारी दिनुभयो ।

 

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्दा गिरीले संसद् बैठकमै विरोध गर्नुभएको थियो भने नयाँ नक्सा जारी गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन दर्ता गराउनुभएको थियो ।

 

संशोधन फिर्ता लिन पार्टीले निर्देशन दिए पनि उनले फिर्ता नलिएपछि कारबाहीको लागि समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यावदको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

२०७७ असार २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्