Birendranagar Municipality

पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि, चार जिल्ला कोरोना मुक्त

सेरोफेरो
पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि, चार जिल्ला कोरोना मुक्त

२३ असार । नेपालमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा थप २०४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

संक्रमण देखिएका चार जिल्ला कोरोना मुक्त भएका छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

सरकारले स्वास्थ्यकर्मीलगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारीसमेत गरेको जनाएको छ ।

 

पीसीआर विधिबाट मङ्गलबार ६ हजार एक सय ३३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २५ हजार सात सय २७ जना क्वरेण्टीनमा रहेका छन् । देशभरिका विभिन्न अस्पतालमा आठ हजार ६ सय ३४ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

 

मङ्गलबार ६ सय ८८ सहित आजसम्म ७ हजार ४ सय ९९ जना सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो समयमा संक्रमणको दर घटेको साथै कोरोनालाई जितेर घर फर्कनेको दर बढेको प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा बताउनु भयो ।

२०७७ असार २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्