Birendranagar Municipality

कर्णालीमा मंगलबार १४ जना कोरोना संक्रमित थपिए, हुम्ला जिल्ला कोरोना मुक्त

सेरोफेरो
कर्णालीमा मंगलबार १४ जना कोरोना संक्रमित थपिए, हुम्ला जिल्ला कोरोना मुक्त

२३ असार । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा माहाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

सुर्खेतका १२ जना र सल्यानका २ जनामा संक्रमण पुष्टि भएको हो । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका ३ जना, गुर्भाकोट नगरपालिकाका ५ जना, बराहताल गाउँपालिका १ जना, भेरीगंगा नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी सल्यान बनगाड कुपिण्डे नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।


यसैविच हुम्ला जिल्ला कोरोना मुक्त जिल्ला भएको छ । संक्रमितहरु निको भायर डिस्चार्ज भएसंगै हुम्ला जिल्ला कर्णाली प्रदेशकै कोरोना मुक्त जिल्ला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।


कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै २४९ जना आइसोलेसनमा रहेका छन् ।

 

कर्णालीमा मंगलबार थप २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १२७५ पुगेको छ । 

२०७७ असार २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्