२३ असार । सरकारले अतिरिक्त महानिरीक्षक-एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक-आइजिपीमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गरेको हो । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नुहुनेछ ।
थापा २०७९ वैशाख १८ सम्म नेपाल प्रहरीको आइजिपी रहनुहुनेछ । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गर्नुभएको हो ।
वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउनुहुनेछ । ठाकुरले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्