Birendranagar Municipality

महिला स्वरोजगार कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर १५ मा बाख्रा वितरण

सेरोफेरो
महिला स्वरोजगार कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर १५ मा बाख्रा वितरण

२३ असार । वीरेन्द्रनगर नगरपालिकाको महिला स्वरोजगार कार्यक्रम अन्तर्गत ४० जना महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । सो अवसरमा कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले नगरपालिकाले सवै क्षेत्र, वर्ग र समुदायको आर्थिक विकास र क्षमता विकासमा प्रतिवद्ध गरेको बताउनु भयो ।

 

महिलाहरुको आर्थिक अवस्थालाई सवल बनाउन नगरपालिकाले नीति तथा कार्यक्रममा विभिन्न रोजगार कार्यक्रम समावेश गरेको बताउनु भयो । पशुपालनको उर्वर क्षेत्रको रुपमा रहेको वडाको सम्भावनालाई ध्यान दिई बाख्रा वितरण गरिएको का.बा प्रमुख ढकालको भनाई छ ।

 

बाख्रा वितरण कार्यक्रममा वडा अध्यक्ष पुन बहादुर पुनले सवैलाई सहयोगको सदुपयोग गर्न आग्रह गर्नुभयो । उक्त कार्यक्रममा कार्यपालिका सदस्य यामुना नेपाल र वडा नं १५ का वडा सदस्यहरुको समेत सहभागीता रहेको थियो ।

 

वीरेन्द्रनगर १५ रतुमा नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत ६ लाख अनुदान बापत ४० घरधुरीलाई बाख्रा वितरण गरिएको वडा नं १५ का सदस्य लक्ष्मी ज्ञवालीले जानकारी दिनुभयो ।

२०७७ असार २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्