Birendranagar Municipality

हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस : डब्लुएचओ

एजेन्सी
हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस : डब्लुएचओ

२४ असार । हावाको माध्यमबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना नकार्न नसकिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।

 

पछिल्ला प्रमाणका अनुसार अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यम हुँदै एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र संक्रमण हुने सक्ने डब्लुएचओले जनाएको हो ।

 

विशेष गरी भिडभाड बढी हुने क्षेत्रमा हावामार्फत कोरोना भाइरसको संक्रमण (एअरबर्न ट्रान्समिसन) फैलिन सक्ने कुरा पूर्णरुपमा अस्वीकार गर्न नमिल्ने डब्लुएचओका अधिकारीले बताएका छन् ।

 

संक्रमित व्यक्तिबाट निस्किएका अति साना कणहरुमा कोरोना भाइरस हुन सक्ने र ती कणहरु हावाको माध्यमबाट फैलिन सक्ने भएकाले थप सावधानी अपनाउनुपर्ने डब्लुएचओको भनाई छ ।


हालै २०० भन्दा बढी वैज्ञानिकले एक खुला पत्र लेखेर डब्लुएचओले कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिन सक्ने कुरालाई ख्याल नगरेको आरोप लगाएका थिए ।

 

डब्लुएचओले हालसम्म कोरोना संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा वा अरु प्रक्रियाबाट निस्कने छिटाहरुको माध्यमबाट अर्को व्यक्तिमा सर्ने बताउँदै आएको छ ।

२०७७ असार २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्