२५ असार । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले दुई जनाको मृत्यु भएको छ । बाढीका कारण १४ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनका अनुसार जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले सुरक्षा टोली परिचालन गरिएको छ ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको बताउनु भयो। ढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ ।
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
तस्विर : सामाजिक संजालबाट
प्रतिकृया दिनुहोस्