२५ असार । नेपाल र नेपाली नेताबिरुद्ध पछिल्लो समय जथाभावी प्रचार गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारणमा रोक लागएको अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए ।
नेपालको राष्ट्रियतामाथि आँच आउने भ्रामक र अतिरञ्जित समाचारहरु प्रसारण भएकाले भारतीय न्यूज च्यानलहरुको प्रसारण रोकेको सुवेदीको भनाई छ ।
भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि दुई छिमेकीबीच सम्बन्ध चिसिएको हो । नेपाल सरकारले वार्ताका लागि आव्हान गरेतापनि भारतले टार्दै आएको छ ।
यस सम्वन्धमा भारतका केही मिडियाहरुले पेशागत धर्मसमेत बिर्सेर गरेको 'प्रोपागाण्डा'को नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।
प्रतिकृया दिनुहोस्