Birendranagar Municipality

छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय

सेरोफेरो
छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय

२५ असार । सरकारले सिट क्षमताको आधाभन्दा कम यात्रु राखेर छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

 

काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र तथा उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।


उनका अनुसार चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनु पर्नेछ भने यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ । यात्रा गर्ने सबैले अनिवार्य रुपमा मास्क लगाउनुका साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र बस्नुपर्नेछ । यातायातको साधन दैनिक एकपटक निसंक्रमण गर्नुपर्नेछ ।

 

यस्तै सरकारले सार्वजनिक यातायातको भाडा भने ५० प्रतिशत बढाउने निर्णय गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको हो ।

 

कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि लकडाउन शुरु भएसंगै सार्वजनिक सवारी साधन पूर्णरुपमा बन्द छन् । 

 

मन्त्रिपरिषदको निर्णय हेर्नुहोस् :

C1C2

 

२०७७ असार २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्