Birendranagar Municipality

भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

एजेन्सी
भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ ।

 

दुवे बिहीबार उज्जैनको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई शुक्रबार बिहान कानपुर लैजाँदै थियो ।

 

प्रहरीका अनुसार दुवे सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । त्यसपछि दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरेपछि जवाफी कारबाहीमा उनी मारिए ।

 

दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।

 

केही समयअघि भारतको कानपुरमा दुवेको समूहसँगको मुठभेड हुँदा एक डिएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

२०७७ असार २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्