२६ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठक ७ दिनका लागि स्थगित गरिएको छ । विभिन्न कारण देखाएर असार १८ गते देखि स्थगित गरिएको बैठक साउन २ गते बस्ने बताइएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरेको जानकारी दिए ।
स्थायी समिति बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पछिल्लो समय नेकपाभित्र संकट चुलिएको छ ।
प्रतिकृया दिनुहोस्