Birendranagar Municipality

बाढीपहिरोले देशभर ३१ जनाको मृत्यु, दर्जनौं बेपत्ता

सेरोफेरो
बाढीपहिरोले देशभर ३१ जनाको मृत्यु, दर्जनौं बेपत्ता

बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको बाढीले क्षति पुर्‍याएको पुल। तस्बिर: सन्तोष गौतम/रासस

 

बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले जनधनको ठूलो क्षति भएको छ ।

 

बाढीपहिरोका कारण शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।

 

यस्तै लमजुङको वेशीसहर नगरपालिका ७ मा आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।


रूकुम पश्चिमको आठबिसकोट ३मा आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

 

पहिरोका कारण राजमार्गहरू ठाउँ ठाउँमा अवरूद्ध भएका छन् । पृथ्वी राजमार्गको धार्दिङ बेनीघाटमा पहरो आएपछि राजमार्ग अवरूद्ध भएको केन्द्रले जनाएको छ। यस्तै तराईका जिल्लामा बग्ने नदीहरूमा पानीको सतह बढेको छ ।


मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ ।


विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविदकाे अनुमान रहेको छ ।

२०७७ असार २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्