२७ असार । नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । शनिवार देशभर ७० जनामा संक्रमण पुष्टि भएको छ । यस संगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
असार १९ गते ७२० जनामा कोरोना देखिएको थियो । यसैगरी २० गते संक्रमितको संख्या २३२ जनामा झरेको थियो, २१ गते २९३ जना, २२ गते १८० जनामा संक्रमण पुष्टि भएको थियो । असार २३ गते २०४ जनामा, २४ गते २५५ जनामा, २५ गते १०८ जना, २६ गते ११८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
तर शनिवार संक्रमण तीन अंकबाट दुई अंकमा झरेको छ । शनिबार ७० जनामा मात्रै कोरोना पुष्टि भएको हो ।
देशभरका विभिन्न अस्पतालका आइसोलेशनमा आठ हजार दुई सय ३९ जना सङ्क्रमितको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । शनिबारमात्र चार सय ३१ जना डिस्चार्भ भएसँगै सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या ८ हजार ४ सय ४२ पुगेको छ ।
प्रतिकृया दिनुहोस्