Birendranagar Municipality

‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’

सेरोफेरो
‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’

२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

 

रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर उनी नेपाली साहित्यमा योगदान गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ ।

 

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एकजना घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

 

कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

 

उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो ।

२०७७ असार २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्