तस्विर : रेशम डिसी
सेरोफेरो
२ असार, सुर्खेत। सल्यानमा गाडिको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरचौर गाउपालिका १ मोख्लामा भे १ च १५४१ नं को गाडिले ठक्कर दिदा ९ बर्षका बालक गोपाल बुढाथोकीको घटनास्थलमा नै ज्यान गएको हो ।
बिहिबार दिउँसो १ः४५ बजे दूध बोक्ने गाडिले बागचौर नगरपालिका १ गैराबेतका वालकलाई ठक्कर दिएको हो । गाडिले बालकलाई ठक्कर दिएपछि चालक भागेका थिए भने स्थानियवासीले गाडि तोडफोड गर्दै उचित क्षतिपुर्तिको माग सहित बाटो बन्द गरिरहेको सल्यानका पत्रकार रेशम डिसीले बताए ।
घटनाको सम्पुर्ण विवरण आईनपुगेको तर प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । गाडिमा आगजनि भएको छ।महिलाहरू नारा जुलुस गरिरहेका छन ।

सल्यान खलंगाबाट घटना स्थल जाँदै थप प्रहरी
प्रतिकृया दिनुहोस्