Birendranagar Municipality

सोमबार १४४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

सेरोफेरो
सोमबार १४४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

२९ असार । नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ९४५ पुगेको छ ।

 

देशभर कोरोना भाईरसलाई जित्नेको संख्या समेत बढिरहेको छ । अहिलेसम्म १० हजार २ सय ९४ जना निको भएर घर फर्किएको र सक्रिय सङ्क्रमित ६ हजार ६ सय १३ जना मात्रै रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । ।

 

सोमवार मात्र १ हजार सात सय ९४ जना निको भएर घर फर्किएका छन् । देशभरका २५ वटा प्रयोगशालामा भएका परीक्षणमा १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

 

अहिले प्रदेश नम्बर १ मा एक सय ८३, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७२ र वाग्मती प्रदेशमा चार सय ५८ जना सङ्क्रमित अहिले विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा चार सय ९८, प्रदेश नम्बर ५ मा सात सय २९, कर्णाली प्रदेशमा तीन सय ६१ र सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय १२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

 

अहिलेसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा चार जना, वागम्ती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

२०७७ असार २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्