साँकेतिक तस्बिर गुगलबाट
२९ असार । कर्णाली प्रदेशमा बाढीपहिरोको जोखिममा रहेकाहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सारिने भएको छ ।
प्रदेश विपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले स्थानीय तहको समन्वयमा नदी किनार तथा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थान पहिचान गरी स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
पीडितको तत्काल उद्धार र राहत वितरणका लागि कम्तीमा ३ महिना एउटा हेलिकप्टर तयारी अवस्थामा राखिनेछ भने उनीहरुलाई खाद्यान्न आपूर्ति तथा आवास व्यवस्थापन कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले विपद व्यवस्थापनका लागि सम्पूर्ण तयारी थालेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्