२९ असार । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा)का नवनियुक्त क्याम्पस प्रमुख माधवप्रसाद खनालले सोमबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा खनालले आफ्नो कार्यकालमा क्याम्पसलाई शैक्षिक हवको रुपमा निर्माण गर्न गुणस्तरमा ध्यान दिने बताए । उनले प्रविधिमैत्री क्याम्पस निर्माणमा समेत जोड दिने बताए । कार्यक्रममा क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
असार २५ गते त्रिवि कार्यकारी परिषदले खनाललाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्