३१ असार । कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाही प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता हुन् ।
शाहीलाई कोरोना पुष्टि भएपछि मुख्यमन्त्री, शाहीका परिवारिक सदस्य, आफन्तसँगै प्रदेशसभामा प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको स्वाब परीक्षण सुरु गरिएको छ।
सभामुख राजबहादुर शाहीका अनुसार संक्रमित सदस्य जीवनबहादुर शाहीले फोनमा आफू विल्कुलै ठिक रहेको तर कोरोना पुष्टि भएपछि खानापानमा विशेष ध्यान दिएको बताएका थिए ।
केही दिनअघिमात्र कर्णाली प्रदेशसभामा कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको थियो ।
प्रतिकृया दिनुहोस्