Birendranagar Municipality

परराष्ट्रले सच्यायो राम जन्मभूमिबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति

सेरोफेरो
परराष्ट्रले सच्यायो राम जन्मभूमिबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति

३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान राम जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद भनाइ २४ घन्टा पनि नबित्दै परराष्ट्र मन्त्रालयले सच्याएको छ ।

 

प्रधानमन्त्रीले भानुभक्त जयन्तीको अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा अयोध्या नेपालमै पर्ने र भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

 

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी प्रम ओलीको उक्त अभिव्यक्ति कुनै राजनीतिक उद्देश्यका साथ नआएको र कुनै देश र देशवासीको भावनामा चोट पुर्‍याउन व्यक्त नगरेको जनाएको छ ।


विज्ञप्तिमा विवाह पञ्चमी मनाउने परम्पराको स्मरण गर्दै हरेक वर्ष भारतको अयोध्याबाट सीताको जन्मभूमि जनकपुर जन्ती आउने पनि उल्लेख गरिएको छ ।

 

यस्तै दुई वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको तथा नेपालको जनकपुर र अयोध्याबीच सिधा बस सेवा सञ्चालन गरेको स्मरण पनि गराएको छ ।

२०७७ असार ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्