१ साउन । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १६७ जना थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ । यसैगरी २४ घण्टामा थप २१३ जना सङ्क्रमण मुक्त भएर घरतर्फ लागेका छन् ।
यो संगै बिहीबारसम्म ११ हजार दुई सय ४९ जना डिस्चार्ज भएका छन् । अव देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ६ हजार ५६ रहेको मन्त्रालय जनाएको छ ।
कुल सङ्क्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन् । भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९सय १५ र बाग्मती प्रदेशमा ४ सय २८ जना सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय ८५, प्रदेश नम्बर ५ मा ४ सय ५८, कर्णाली प्रदेशमा ३ सय १९ र सुदूरपश्चिम प्रदेशमा २ हजार तीन सय ८४ जना सङ्क्रमित उपचार गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्