Birendranagar Municipality

टिका पुनको स्वरमा सर्जक रेशम वलीको तीज गीत 'जमिनै थरर' सार्वजनिक (भिडियो)

गणेश ओली/सेरोफेरो
टिका पुनको स्वरमा सर्जक रेशम वलीको तीज गीत 'जमिनै थरर' सार्वजनिक (भिडियो)

२ साउन । गायक तथा सर्जक रेशम वलीको तीज कोशेली जमिनै थरर सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका टिका पुनको स्वरमा रहेको मौलिक तीज गीत सार्वजनिक भएको हो । हजारौं गीतमा स्वर दिएकी टिका पुनका हरेक वर्षका तिज गीतहरु चर्चित हुने गर्छन ।

 

यस गितमा साविकको मध्यपश्चिमाञ्चलको मौलिक भाका र जनजिवनमा प्रयोग हुने शब्दहरुको प्रयोग गरिएको छ । यो गितका शब्दहरु मौलिक र जनजिवनमा मिल्ने भएकोले दर्शक तथा श्रोताको अपार माया पाउने गायिक टिका पुनले विश्वास व्यक्त गरिन् । गायिका पुनले भनिन् "मैले विगतका वर्षहरुमा विभिन्न सर्जकहरुका गीतमा स्वर दिने अवसर पाएको छु, सवै गीतहरुलाई दर्शक श्रोताहरुले अपार माया दिनुभएको थियो, यो गीतले समेत बिगत झै सवै नेपाली दाजुभाई दिदिबहिनीको माया पाउने छ ।"

सर्जक तथा यस गितका निर्माता रेशम वलीले यो गितको भाका र शब्द यस क्षेत्रको ग्रामीण भुभागको बोलीचालीमा प्रयोग गरीने झर्रा लोक झ्याउरे भाका भएको बताए । पछिल्लो समयमा तीज गीतमा तडकभडक भएकोले लोक संस्कृतिको संरक्षण र सम्वद्र्धको लागी मेरो एउटा सानो प्रयास भएको वलीले बताए । यस गीतमा शब्द सृजना समेत गरेका वलीले दर्शक श्रोताको मन जित्ने विश्वास लिए ।


यस तीज गीतको लय पवन योगी र कविराज गिरीले गरेका छन् । कमल सौरागको एरेन्ज रहेको गीतमा नृत्य निर्देशन चन्द्र मन्दिरको रहेको छ । यस गितमा अभिनय सुधा कार्की, लक्ष्मी शाही, लक्ष्मी गीरी, अस्मिता गुरुङ र जानकी शाहीको  रहेको छ ।

 

पवन योगी तथा रमेश शाहीको कोरियोग्राफी रहेको गितको छायाँङ्कन तथा सम्पादन चानस पुन मगरले गरेका छन् ।

 

२०७७ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्