Birendranagar Municipality

कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड हुँदैं

सेरोफेरो/सुर्खेत
कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड  हुँदैं

२ साउन । कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड हुने भएको छ। कर्णाली कै श्रष्ठा हरुका उकृष्ट प्रतिभालाई सम्मान गर्नका लागि कर्णालीमा पहिलो पटक कर्णाली म्यूजिक अवार्ड २०७७ को आयोजना गरिएको हो ।

 

कर्णाली कला प्रतिष्ठान नेपालको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । साउनको पहिलो साता बाट सुरु भएर नेपाली हरुको महान पर्व दशै र तिहारको विचमा सम्पन्न गर्ने योजना रहेको आयोजक संस्था कर्णाली कला प्रतिष्ठानको अध्यक्ष एवम यस कार्यक्रमका संयोजक वालकृष्ण सुनारले बताए ।


कार्यक्रममा लोक संगित, आधुनिक संगित तथा लोक देउडा गरि तिन वटा विधा समावेश गरिएको छ । जस्मा गायक, गायिका, संगितकार, रचनाकार, मोडलमा केटा र केटि तथा भिडियो निर्देशक गरी आठ वटा विधालाई समावेश गरिएको अकवर खानले जानकारी दिए । भदौ महिनाको पहिलो साता सम्म आवेदन खुल्ला गरिएको र आवेदनका लागि कुनै शुल्क तिर्न नपर्ने आयोजकले जानकारी दिएको छ ।


पहिलो चरण प्राप्त आवेदन अनुशार विधागत रुपमा विज्ञ टोलिले उत्कृष्ट पाँच प्रतिभा लाई छनोट गर्ने छ भने छनोट भएका पाँच प्रतिभालाई दर्शकहरुको भोटको आधारमा उत्कृष्ट प्रतिभा छनोट गरिने छ । पहिलो पटक म्यूजिक अवार्डको कार्यक्रम भएकाले अहिले सम्मकै सृजनाहरुलाई समावेश गरिने आयोजकको भनाई छ । आवेदन दिनकालागि सुर्खेत स्थीत वुद्धपथमा रहेको संस्थाको कार्यालयमा बुझाउन सकिने छ ।

२०७७ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्