Birendranagar Municipality

एकै दिनमा थपिए १०१ कोरोना सङ्क्रमित, एकको मृत्यु

सेरोफेरो
एकै दिनमा थपिए १०१ कोरोना सङ्क्रमित, एकको मृत्यु

२ साउन । शुक्रबार नेपालमा थप १०१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार पाँच सय ३४ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।

 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको राजविराज नगरपालिका १ का ७३ वर्षीय वृद्धको ज्यान गएको हो । मधुमेह, उच्च रक्तचाप र मुटु रोगको समस्या रहेको उक्त पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमणको कारण ज्यान गएको यो पहिलो घटना हो ।

 

अहिलेसम्म प्रदेश १ बाट सात सय ४४, प्रदेश २ बाट दुई हजार पाँच सय ८८, वाग्मती प्रदेशबाट चार सय १३, गण्डकीबाट नौ सय ४६, प्रदेश ५ बाट तीन हजार ६ सय ९२, कर्णाली प्रदेशबाट एक हजार चार सय ९२ र सुदूरपश्चिमबाट एक हजार ६ सय ५९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

२०७७ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्