Birendranagar Municipality

बसन्त थापाको संगीतमा सुनिता र विक्रमको स्वरमा "आधा माया" सार्वजनिक (भिडियो)

सेरोफेरो
बसन्त थापाको संगीतमा सुनिता र विक्रमको स्वरमा

३ साउन । पछिल्लो समयमा निकै चर्चामा रहेकी गायिका सुनिता बुढा क्षेत्री र गायक विक्रम परियारको आवाजमा "आधा माया" सार्वजनिक भएको छ ।


लोकप्रिय सर्जकहरु प्रलाद सुवेदीको शब्द र बसन्त थापाको संगीतमा निर्माण भएको यो गीत सामाजिक संजाल टिकटकमा समेत रुचाईएको गीत मध्येको एक हो । चर्चित अभिनेता दिलिप रायमाझीको अभिनयले समेत यो गीतलाई उचाईमा लग्ने दर्शकहरुले विश्वास लिएका छन् । यस गीतमा ऐश्वर्य सुनुवारको उत्कृष्ट अभिनय रहेको छ ।

 

कृष्ण वि.क (भान्जा) को एरेञ्ज र आशिष अविरलको मिक्सिङ रहेको गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् । गायिका सुनिता बुढा क्षेत्रीले यो गीतले दर्शक श्रोताको अपार माया बुटुल्ने विश्वास व्यक्त गरिन् । उनले भनिन् 'यो गीतको शब्द, लय र चर्चित अभिनेताको अभिनयका कारण धेरै दर्शकहरुले रुचाउनु हुनेछ ।'

 

२०७७ साउन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्