Birendranagar Municipality

कोरोना संक्रमित घट्दै, पछिल्लो २४ घण्टामा ५७ जनामा संक्रमण पुष्टि

सेरोफेरो
कोरोना संक्रमित घट्दै, पछिल्लो २४ घण्टामा ५७ जनामा संक्रमण पुष्टि

३ साउन । नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

 

अहिले सक्रिय र निको भएर घर गएका जोड्दा १७ हजार ५०२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

 

अहिलेसम्म पीसीआर विधिबाट तीन लाख ११ हजार आठ सय २९ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरि २३ हजार २ सय ७५ जना क्वरेण्टीनमा रहेका छन् ।

 

देशका विभिन्न अस्पतालका आइसोलेशनमा ५ हजार ८ सय २५ जना सङ्क्रमित उपचाररत छन् ।

२०७७ साउन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्