Birendranagar Municipality

साउन ७ देखि लकडाउन थप खुकुलो हुने, भदौ १ देखि आन्तरिक उडान खुल्ने

सेरोफेरो
साउन ७ देखि लकडाउन थप खुकुलो हुने, भदौ १ देखि आन्तरिक उडान खुल्ने

तस्बिर : राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय

५ साउन । साउन ७ देखि लकडाउन थप खुकुलो बनाइने भएको छ भने भदौ १ देखि आन्तरिक उडान खुलाइने भएको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

 

कोरोना भाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । बैठकले जारी लकडाउनलाई साउन ७ पछि अझै खुकुलो बनाउने निर्णय समेत गरेको उनको भनाई छ ।

 

यद्धपी त्यसपछिको लकडाउन कस्तो हुने भनेर सरकारका प्रवक्ताले नै नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन् ।


साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारी साधन, कलेज, विद्यालय लगायतका केही क्षेत्रबाहेक अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।

२०७७ साउन ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्