६ साउन । मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०९ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या १७ हजार नौ सय ९४ जना पुगेको छ ।
देशभर निको भएर घर फर्किनेको सङ्ख्या १२ हजार चार सय ७७ पुगेको छ । यो कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत हो ।
नेपालमा अहिले पाँच हजार ४ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २१ हजार सात सय चार जना मानिस विभिन्न ठाउँका क्वरेण्टीनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्