Birendranagar Municipality

एक हजारको नोटमा अब 'राम लक्ष्मण'को तस्बिर

सेरोफेरो
एक हजारको नोटमा अब 'राम लक्ष्मण'को तस्बिर

७ साउन । नेपाल राष्ट्र बैंकले दुईवटा हात्तीको तस्बिर रहेको एक हजारको नयाँ नोट बुधबारदेखि प्रचलनमा ल्याएको छ ।

 

नोटमा चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्ती ‘राम लक्ष्मण’को तस्बिर राखिएको राष्ट्र बैंकले जनाएको हो ।

 

मुद्रा व्यवस्थापन शाखाका अनुसार राष्ट्र बैंकको ढुकुटीमा आएका उक्त नयाँ नोटहरु बैंकको माग अनुसार बुधबारदेखिनै उपलब्ध गराइनेछ ।

 

पहिलेको एक हजारको नोटमा एउटा मात्रै हात्तीको तस्बिर थियो ।

२०७७ साउन ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्