साँकेतिक तस्बिर गुगलबाट
८ साउन । काठमाठौंको सीतापाइलामा एक युवतीमाथि बिहिबार एसिड प्रहार भएको छ ।
युवतीको अनुहारमा एसिड परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
प्रहरीका अनुसार एसिड आक्रमणमा पर्ने ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्की हुन् । कार्कीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
साँझको समयमा दही किन्न निस्किएकी उनलाई अज्ञात व्यक्तिले एसिड प्रहार गरी भागेका थिए ।
प्रतिकृया दिनुहोस्