१२ साउन । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैया पुगेको छ । आइतबार प्रतितोला ९६ हजार ३ सय रुपैयामा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
यसअघि सुनको उच्च मूल्य आइतबार थियो । यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर सोमबार १२ सय १० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्