१२ साउन । पोखरा विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिमदेखि सञ्चालन गर्ने भएको छ ।
सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरेको हो ।
विश्वविद्यालयले एक सूचना जारी गरी भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने जनाएको हो । परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईने पनि सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्