Birendranagar Municipality

कालीकोटको बाढीपहिरोमा ६ जना बेपत्ता

सेरोफेरो
कालीकोटको बाढीपहिरोमा ६ जना बेपत्ता

साँकेतिक तस्बिर गुगलबाट

१३ साउन । कालीकोटको बाढीपहिरोमा ६ जना बेपता भएका छन् । रास्कोट नगरपालिका १ स्थित गंगे खहरे खोलामा सोमबार राती आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् ।

 

बेपत्ता हुनेमा राजबहादुरकी छोरी १५ वर्षीया संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।


यस्तै सोही वडाको चोक्टेबगरस्थित टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयको सहयोगमा वेपत्ताको खोजी कार्य गरिरहेको छ ।

२०७७ साउन १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्