१५ साउन । कोरोना भाइरसबाट हालसम्म विश्वभर १ करोड ७२ लाख ७ हजार २८३ जना संक्रमित भएका छन् भने ६ लाख ७० हजार ६ सय ११ जनाको मृत्यु भएको छ।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४५ लाख ६८ हजार ३ सय ७५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ८ सय ४५ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २५ लाख ५५ हजार ५ सय १८ जना संक्रमित भएकोमा ९० हजार १ सय ८८ जनाले ज्यान गुमाएका छन् ।
यस्तै तेस्रो स्थानमा रहेको भारतमा १५ लाख ८७ हजार ९ सय ८२ जनामा संक्रमण भएको छ भने ३५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै हालसम्म विश्वभर एक करोड ७ लाख २३ हजार २२ जना निको भएका छन् ।
प्रतिकृया दिनुहोस्