Birendranagar Municipality

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु

सेरोफेरो
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु

१६ साउन । ललितपुरस्थित पाटन अस्पतालको आइसियुमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मृत्यु भएको छ ।

 

अस्पताल स्रोतका अनुसार ललितपुर थसिखेलका बासिन्दा रहेकी उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । उनी हालै वीरगञ्जबाट आएकी थिइन् । ललितपुरको स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल सारिएको थियो ।

 

बिहीबार मात्रै वीरगन्जमा ३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

 

२०७७ साउन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्